जसपाको पदाधिकारी बैठक: सरकारको समर्थनका बिषयमा दुईधार कायमै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का पदाधिकारी बैठक सकिएको छ। आजको बैठकमा नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी रहेका थिए।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि मंगलवार बिहानैदेखि पार्टी कार्यालय बालकुमारी ललितपुरमा बसेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र दुई धार देखिएको छ। सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टी भित्र एकमत बनाउनका लागि आज बैठक बसेको स्रोतको दाबी छ।

अन्य सम्बन्धित समाचार:  ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम