परीक्षा दिन जाँदा लडेर छात्राको मृत्यु

माेटरसाइकल

सल्यान। सल्यानमा परीक्षा दिन हिँडेकी १ छात्राको बाटोमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन्।

छत्रेश्वरी–१ स्थित भानुभक्त मावि दमाचौरमा १० कक्षामा अध्ययनरत सार्कीको मंगलवार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं छाड्नेलाई आज रातिसम्मको म्याद