कैलालीमा बिहीबारदेखि लकडाउन

कैलाली। कोरोना भाइरस संक्रमणको दर तिव्र हुँदै गएपछि बिहीबारदेखि एक सातका लागि निषेधाज्ञा घोषणा गरिएको छ। मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा लगाउन सहमति दिएको थियो।

यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए। भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक सयभन्दा बढीमा कोरोना देखिन थालेपछि नेपालमा पनि अवस्था खतरापूर्ण देखिएको छ।

अन्य सम्बन्धित समाचार:  टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग