नेप्से ९२.४६ अंकले बढ्यो

काठमाडौं। लगातार दुई दिन पहिरो गएको सेयरबजारमा आज सकारात्मक उछाल देखिएको छ। आज नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा कायम भएको छ।

आज कूल २१६ वटा कम्पनीका एक करोड दुई लाख दुई हजार २१९ कित्ता सेयर ६३ हजार ५५८ पटक खरिद बिक्री भई पाँच अर्ब १० करोड ९० लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन्। आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्च—२०८३ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १.९६ प्रतिशतका दरले गुमाएका छन्।

अन्य सम्बन्धित समाचार:  सुन चोरीपैठारी गरी अर्बाैँ राजस्व छल्नेविरुद्ध मुद्दा

आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २३ करोड ८२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि रहेको छ। आज उक्त बैंकका तीन लाख ९२ हजार १५५ कित्ता सेयर किनबेच भएका थिए।