दाङमा ९ दिन निषेधाज्ञा

दाङ। दाङमा वैशाख १७ गतेदेखि ९ दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले वैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन निषेधाज्ञा घोषणा गरिएको हो। यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन