स्वास्थ्य मन्त्रालयले दियो बढी शुल्क लिने प्रयोगशालालाई दर्ता सूचीबाट हटाउने चेतावनी

काठमाडौं। नीजि प्रयोगशालाहरूले कोरोनाको पीसीआर परीक्षण गर्दा सरकारले तोकेभन्दा बढी शूल्क लिने गरेको खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पीसीआर परीक्षणका नाममा नीजि प्रयोगशालाहरूले थप रकम असुल्ने गरेको गुनासो मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले त्यस्ता प्रयोगशालालाई तोकिए भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ।

सरकारले कोरोना सक्रमण पहिचान गर्न पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ। तर, कतिपय अस्पताल तथा प्रयोगशालाले संक्रमण रोकथाम लगायतको बहानामा थप शुल्क लिने गरेको गुनासो आएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सार्वजनिक सुचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा