पूर्वराजा र पूर्वरानीकाे उपचार अक्सिजनको सपोर्टमा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ। कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  एकैदिनमा २१४ जना कोरोना संक्रमितको मृत्यु, ९२४७ जनामा कोरोना संक्रमण