भयावह बन्दै कोरोना, एकै दिनमा ४५ सय बढीमा संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले माधव नेपालसँग निर्णायक वार्ता गर्ने, कारबाही फुकुवा गर्नेबारे छलफल