भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं। भारतमा रहेका नेपाली नागरिकलाई कोरोनो संक्रमणबाट सुरक्षित रहन भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ। आज दूतावासले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गरेको हो।

राजदूतावासले कार्यालय समयमा दूताबासबाट कुनै सेवा लिनुपर्ने भएमा वा अन्य कुनै विषयमा सूचना तथा जानकारी, सल्लाह, सुझाव, का लागि मा इमेल गर्न र फोन गर्न आग्रह गरेको छ।

अन्य सम्बन्धित समाचार:  सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा