प्रधानमन्त्री ओली सहित एमालेका ५० भन्दा बढी नेता कोरोना संक्रमितको ट्रेसिङमा

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमितको ट्रेसिङमा परेका छन्। उर्जा, जनस्रोत तथा सिचाईंमन्त्री टोपबहादुर रायमाझी र नेता विष्णु रिजाललाई कोरोना पुष्टिभएसँगै प्रधानमन्त्री ओली ट्रेसिङमा परेका हुन्।

मन्त्री रायमाझीलाई कोरोना भएपछि अहिले उनी उपचार गराइरहेका छन्। रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए। बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।

बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर समेत खिचाएका थिए। प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

अन्य सम्बन्धित समाचार:  ओली र नेपालबीच निर्णायक छलफलको तयारी