देशभर गर्मी बढ्याे

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर गर्मी बढेको जनाएको छ। देशभर अधिकतम र न्यूनतम तापक्रममा बढ्दा गर्मी बढेको हो। गर्मी अझै बढ्न सक्ने आँकलन गरिएको छ।

पछिल्लो २४ घन्टामा भैरहव, नेपालगन्ज र धनगढीको अधिकतम तापक्रम ४०डिग्रीसेल्सियस नाघेको छ। यसैगरी काठमाडौंमा अधिकतम तापक्रम ३२ पुगेको छ।

‘गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने सम्भाभावित असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यसले बुधबार दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुनसक्ने छ।

बुधबार राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक बर्षाको सम्भावना छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात