निषेधाज्ञाबारे थप आदेश जारी (आदेशसहित)

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाको सम्बन्धमा थप आदेश जारी गरेको छ। सोमबार आदेश जारी गर्दा छुटेको विषयलाई मंगलबार थप गरेर आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका थप आदेशमा खाद्य सामाग्रीका डिपार्टमेन्ट स्टोर बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्नुपर्ने छ।

यसअघि डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको थियो। उक्त निर्णय सच्चाइएको पराजुलीले जानकारी दिए।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरुले प्रयोग गर्ने नीजि नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  नयाँ सरकार बनाउन समर्थन जुटाउने काँग्रेसको निर्णय

विवाह तथा ब्रतबन्धका लागि दुलाहा, दुलहीसहित १५ जनासम्मलाई २ वटासम्म सवारी साधन प्रयोग गरी जिल्ला भित्र वा जिल्ला बाहिर जान अनुमति नचाहिने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको सिफारि चाहिने बताइएको छ।