सिंगटी हाइड्रोको आइपीओ दोस्रो बजारमा

सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) आजबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  कम्पनीको शेयर मंगलबार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएसँगै बुधबारदेखि कारोबारमा आउने भएको हो।

कम्पनीको संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो।

नेप्सेले कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको रेञ्ज तोकेको छ। कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

अन्य सम्बन्धित समाचार:  विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी