गण्डकीका तीन सांसदलाई कोरोना,अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

पोखरा। गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले ३ सांसदलाई कोरोना देखिएको पुष्टि गरे। तर कसलाइ कोरोना पुष्टि भएको हो भन्ने बारेमा भने खुलेको छैन।

मंगलबारको सदनमा सत्तारुढ दलले पिसिआर परीक्षणबिना संसद चल्न नदिने भन्दै अवरुद्ध गरेपछि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्वोधन गर्न नपाउने निर्णय गरेको थियो।

मंगलबार साँझै स्वाब संकलन गरिएको थियो। बुधबार(आज) मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूचि छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु