थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके। बाँकेमा कोरोनाभाईरस संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।

नेपालगन्ज १७ की ३९ बर्षीया महिलाको भेरी अस्पतालमा गएराती उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।

उनको गएराती साढे १० बजे मृत्यु भएको हो। त्यस्तै नेपालगन्ज १२ का ६५ बर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान साढे २ बजे मृत्यु भएको ओलीले बताए।

उनका अनुसार बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। यो कोरोना महामारी सुरु भएयताकै तथ्यांक हो । तीबाहेक बाँकेका अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएका जिल्ला बाहिरका मृतकको शंख्या १ सय ९ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  १४ महिने बालकसहित १११ वर्षीय वृद्धले जिते कोरोना