कास्कीमा निषेधाज्ञा

पोखरा। कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा गरिको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

अत्यावश्यक कामबाहेक सम्पूर्ण भिडभाडजन्य गतिविधिहरु बन्द गर्न आदेश दिए पनि यातायतामा भने जोरबिजोर प्रणाली लागू गरिएको छ।

निषेधाज्ञापछि बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र पोखरा सुनसानप्रायः छ। बजारका अत्यावश्यक बाहेकका कुनैपनि पसलहरु खुलेका छैनन्। बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ।