महाराष्ट्रको ठाणेस्थित एक अस्पतालमा आगलागी

भारतको महाराष्ट्रस्थित ठाणेमा रहेको एक अस्पतालमा आगलागी भएको छ। स्थानीय विधायक जितेन्द्र अव्हाडले घटनाबारे प्रारम्भिक जानकारी दिएका छन्।

विद्युत सर्ट भएर उक्त आगो लागेको उनको भनाई छ। आगलागीमा परि ४ जना बिरामीको मृत्यु भएको छ। घटनामा २० बिरामीको उद्धार गरी अर्कै अस्पतालमा भर्ना गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उक्त अस्पतालमा ६ जना आइसियुमा रहेको र सार्ने क्रममा चार जनाको मृत्यु भएको बताइएको छ। भारतमा पछिल्लो दिनमा अस्पतालमा आगलागी हुने घटना भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा