थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं। सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

अछामको दर्नाकी ७८ वर्षीया ती संक्रमितको गएराति मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो।

श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्याले ग्रस्त उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अन्य सम्बन्धित समाचार:  बाराका संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु