गाई काटेको आरोपमा एक पक्राउ

सामूहिक

काठमाडौं। भोजपुरमा गाई काटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर नगरपालिका–६, भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई प्रहरीले पक्राउ गरेको हो।

आफ्नै घरमा गाई काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते