वाग्मती प्रदेश— ३ मन्त्री र एक राज्यमन्त्री थपिए

हेटौंडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका छन्।

उक्त मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ।

अन्य सम्बन्धित समाचार:  देउवा र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी?