प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। सीता प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट लामो सहयदेखि पीडित छन्। सोमबार साँझ ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको जनाइएको छ।

आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको जानकारी गराउँदै अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छोरी गंगाले सामाजिक सञ्जालमा लेखेकी छन्।

अन्य सम्बन्धित समाचार:  हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय