एमाले प्रवेश गरेका नेता खड्काको सांसद पद रिक्त

काठमाडौं। नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आज विज्ञप्ति जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन्।

खड्का नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत भइसकेका छन्। उनलाई माओवादी पार्टीले कारवाही गरेको पत्र दलका नेता दिनानाथ शर्माले सचिवालयमा दर्ता गराएका थिए।

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)