मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल जारी, आजै मतदान

पोखरा। गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ। उक्त बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल जारी छ।

छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ। कोरोना संक्रमित ३ सांसदका लागि छुट्टै ठाउँ निर्धारण गरिएको छ। उनीहरूले संसदमा बोल्न पाउने छैनन्। तर, मतदानमा भने सहभागी हुन पाउनेछन्। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव १३ गते संसदमा पेस भएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र नेपालपक्षका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति