माधव पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक बैठक डाकेको छ। कलंकीको मेघा पार्टी प्यालेसमा नेपाल स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले बताएका छन्।

माधव नेपाल र झलनाथ खनाल पुगेपछि बैठक शुरू हुनेछ। भोलिदेखि उपत्यकामा निषेधाज्ञा लागू हुने भएकाले त्यसअघि नै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

अन्य सम्बन्धित समाचार:  माधव पक्षको बैठक— नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न