कर्णाली प्रदेश— फ्लोर क्रस गर्ने तीन मन्त्रीले पुनः सपथ लिए

सुर्खेत। फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीले पुनस् सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन्।

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य सामाग्री लिन बेइजिङ जाँदै वाइडबडी