सरकारद्धारा जसपाका माग पूरा, मधेस आन्दोलनका मुद्दा फिर्ता

काठमाडौं। सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेश आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरु फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारी बादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए। उनका अनुसार मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीलाई शक्तिशाली बनाउने अध्यादेश ल्याउने तयारी