गण्डकी प्रदेश सभामा दुई सांसद अनुपस्थित, खोज्न गएका कांग्रेस सांसद रित्तै फर्किए

पोखरा। गण्डकी प्रदेश सभाको जारी वैठकमा दुई सांसद अनुपस्थित छन्। मतदानका बेलासम्म उनीहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने सम्भावना देखिएको छ।

कांग्रेस—माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन स्वतनत्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन्। उनीहरुले फोन पनि स्वीचअफ गरेपछि विश्वास प्रस्तावका पक्षधरहरु शशंकित बनेका छन्।

स्रोतका अनुसार कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न हिँडेका थिए । तर, कतै नभटेपछि उनीहरु रित्तोहात फर्किएका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा विपक्षीको बहुमत पुगेन, पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्रीको सपथ गराइँदै