नेप्सेमा १३.७९ अंकको गिरावट

काठमाडौं। साताको चौथो दिन आज नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आँउदा १३.७९ अंकले ओरोलो लागेको छ। आज २५९९.०७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आउँदा ०.५३ प्रतिशतले ओरालो लागेर २५८५.२८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। यस्तै यता, सेन्सेटिभ परिसुचक २.१६ अंकले ओरालो लाग्दै ४६५.११ को बिन्दुमा पुगेको छ।

कारोबारका १३ उपसमुह मध्ये ३ उपसमुह बढेका छन् भने बाँकी १० उपसमुह ओरालो लागेका हुन्। यस्तै, अन्तिम समयसम्म कारोबारमा आएका २१५ कम्पनीको ८९ लाख ६५ हजार ५८८ कित्ता शेयर ४६ हजार ९५९ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ९९ करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा हरियाली कायमै

यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २८ करोड २८ लाख ९३ हजार रुपैंया बराबरको कारोबार गदै उच्च स्थानमा रहेको छ भने अपर तामाकोशी हाइड्रोपावरले १९ करोड ९० लाख रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ।