करेन्ट लागेर किशोरको मृत्यु

माेटरसाइकल

जनकपुरधाम। मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सप्तरीका एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरिया बस्ने भगाई सदाका १६ वर्षीय छोरा राम सदा रहेका छन्।

मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लहानस्थित अस्पताल लहान सिराहामा राखिएको छ भने घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  शवको चापले विग्रन थाल्यो विद्युतीय शवदाहको मेसिन