पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असपताल भर्ना हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टरार्ईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।

काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गर्न लागेको हो। त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन्। शल्यक्रिया भने वैशाख १७ गते हुनेछ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो।

चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन्।

वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए। शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा छलफलः के भयो निर्णय?