रूपन्देहीमा वैशाख ३० गतेसम्म निषेधाज्ञा

बुटवल। रुपन्देहीमा बिहीबार बिहान ५ बजेदेखि लागु हुनेगरि निषेधाज्ञा जारी भएको छ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङले जारी गरेको सूचनाअनुसार वैशाख १६ गतेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र कार्यालय सञ्चालन गर्न निषेध गरिएको छ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ। अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिने सूचनामा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  अहिलेसम्म ६२ जिल्लामा निषेधाज्ञा