शिक्षा मन्त्रालय मातहतका कार्यालयमा आलोपालो

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आलोपालो कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन आफ्ना मातहतका कार्यालयलाई आग्रह गरेको छ।

शिक्षा मन्त्रालयअन्तर्गतका २३ वटा कार्यलयलाई कोभिड-१९ रोकथामका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएकोले सो बमोजिम अघि बढ्न मन्त्रालयले निर्देशन दिएको हो।

सार्वजनिक कार्यलयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्न मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  महामारीमा कालोबजारी! नुन तेल देखि अस्पताल सम्म