तीन दिनमा पाँच लाखभन्दा बढिले छाडे काठमाडौं

काठमाडौं। पछिल्लेा ३ दिनमा मात्रै पाँच लाखभन्दा धेरैले काठमाडौं छाडेका छन्। बिहीबार बिहान ५ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि राति दुई, तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर बसेका थिए।

बुधबार नागढुङ्गादेखि धादिङको धार्केसम्म नै जाम भएको थियो। राति अबेरसम्म सडकमा गाडी पर्खिएका केही यात्रु गाडी नपाएपछि अलपत्र परेका छन्। अलपत्र परेका यात्रुलाई कसरी घर पठाउने भन्नेबारे सम्बन्धित निकायको निर्णय पर्खेर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए।

बुधबार काठमाडौंको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा यात्रुको सबैभन्दा धेरै भीड थियो । गाडी र यात्रुको चापका कारण मुख्य नाका नागढुङ्गा सडकखण्डमा लामो जाम भएको थियो।

अन्य सम्बन्धित समाचार:  भोलिसम्म मौसम नखुल्ने, देशभर वर्षा

काठमाडाैं उपत्यका बाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि नाकामा गाडीको आवागमन अस्तव्यस्त बनेको थियो।