थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। नेपालमा थप ४ जना कोरोनाभाईरस संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो।प्रादेशिक अस्पतालले जानकारी दिएअनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको थियो।

त्यसैगरी ३ बजे मायादेवी ६ का ७२ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले जानकारी दिए।

उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए।

अन्य सम्बन्धित समाचार:  अस्पताल, अक्सिजन र जनशक्तिको अभाव हुन नदिन सर्वोच्चको आदेश

उता कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

बैशाख १४ गते सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।