म्यान्चेष्टर सिटीसंग पीएसजी पराजित

एजेन्सी। च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ।

गयराति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो।

दोस्रो हाफमा डी बु्रईनको गोलबाट सिटी खेलमा फर्कियो। ७४ औं मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिए पछि घरेलु टिम दबावमा देखियो।

पहिलो लेगको जितसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ। यो जितले सिटीको फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ। घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिग: विजेता म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित