तेह्रथुममा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो

पाँचथर। तेह्रथुममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको आठराई गाउँपालिका–४ ईवामा बुधवार साँझ चट्याङ्ग लागेर ईवाका ४७ वर्षीय लोकमान गुरूङको ज्यान गएको प्रहरीले जनाएको हो।

घरमै बसेका गुरूङलाई चट्याङ्ग लागेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  कारागार पठाउनुपर्ने ५ जना कैदीबन्दीमा कोरोना संक्रमण