जनमोर्चाको प्रश्नः सांसद शाहीलाई किन बन्दी बनाइयो ?

पोखरा। राष्ट्रिय जनमोर्चाले पार्टीका सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ।

अस्पतालमा शाहीलाई भेट्न नदिएको भन्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकोमा पुनः कसरी पोजेटिभ आयो भन्दै प्रश्न गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले गण्डकी प्रदेशको सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको निर्णय परिवर्तन नभएको पनि स्पष्ट पारेको छ।