नेपालसहित चार सार्क राष्ट्रसंग दुई संयन्त्र स्थापनाको प्रस्ताव

काठमाडौं। चीनले सार्क राष्ट्रका नेपाल सहित अन्य चार मुलुकलाई समेटेर दुईसंयन्त्र स्थापनाका लागि प्रस्ताव गरेको छ।

गत मंगलबार ६ मुलुकका विदेशमन्त्रीबीच भएको भर्चुअल छलफलमा चीनले ‘चीन–दक्षिण एसिया आपतकालिन आपूर्ति संयन्त्र’ र चीन–दक्षिण एसिया गरिबी उन्मुलन र विकास साझेदारी केन्द्र स्थापनाको प्रस्ताव गरेको हो।

चिनियाँ विदेश मन्त्रालयद्धारा जारी संयुक्त बक्तव्यमा चीनको यो प्रस्तावमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशले सहमति जनाएको उल्लेख गरिएको छ।

विज्ञप्तीमा सबै पक्षसँग मित्रतापूर्ण परामर्श गरेर संयन्त्र गठन गर्न लागिएको उल्लेख छ।

संयुक्त बक्तव्य दाबी गर्दै चीनले यस्तो उल्लेख गरेपनि भर्चुअल छलफलपछि नेपालले जारी गरेको विज्ञप्तीमा यसबारे उल्लेख गरिएको छैन। कोभिड–१९ महामारीविरुद्ध आवश्यक स्वास्थ्य सामाग्री खरिदको लागि ९ करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने घोषणा भएको थियो।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले भने— बहुमत नपुग्ने भो, महन्थले मानेनन्

कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे पनि छलफल भएको थियो। दक्षिण एसियाका भारत, माल्दिभ्स र भुटानबाहेकका पाँच मुलुकसँग मिलेर सहयोग संयन्त्र बनाउने घोषणा चीनले गरेको हो।

चीनले प्रस्ताव गरेको उक्त संयन्त्रमार्फत निःशुल्क सहायता, व्यवसायको लागि खरिद र खोपहरुको उत्पादन तथा भण्डारण, अन्य मुलुकलाई खोप प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।

दक्षिण एसियाली मुलुकहरुले कोभिड-१९ को महामारीको सामना गरिरहेकाले चिनियाँ विदेशमन्त्रीले उक्त प्रस्ताव गरेका थिए।

साथै, कोभिड–१९ पछि अर्थतन्त्रलाई पुनःउत्र्थान गर्नको लागि चीन-दक्षिण एसिया गरिबी उन्मुलन र विकास साझेदारी केन्द्र स्थापना गर्न चीनले प्रस्ताव गरेको पनि विज्ञप्तीमा जनाइएको छ।