पत्रकार महासंघ डडेल्धुराको भवनमा वन कार्यालयले चलायो डोजर

डडेल्धुरा। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको कार्यालय भवनमा जिल्ला वन कार्यालयले डोजर चलाएको छ।

बिहीबार बिहान डिभिजन वन कार्यालय डडेल्धुराको नेतृत्वमा अमरगढी नगरपालिकाको डोजर प्रयोग गरेर प्रहरी प्रशासनमार्फत बल प्रयोग गरि महासङ्घको भवनमा क्षति पुर्याएको हो।

महासङ्घलाई कुनैपनि जानकारी नगराई भवनमा क्षति पु¥याउने काम भएकोमा महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घका डडेल्धुरा शाखा अध्यक्ष हिक्मत बहादुर सिंह र सचिव पुष्कर भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘बिभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीन तले पक्की भवन निर्माण गरेको र सो जग्गाको भोगाधिकारसमेत महासंघसँग रहेको अबस्थामा प्रचलित कानून विपरित महासङ्घको भवन भत्काउँने कार्य प्रेस स्वतन्त्रता विरोधी कृयाकलापसँगै अक्षम्य अपराध भएको महासङ्घले ठहर गरेको छ। यस विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दा समेत सम्बन्धित निकायहरूले वेवास्ता गरिरहेका छन्।’

महासङ्घले यस बिषयमा बुझ्न खोज्दा डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अन्जानमा गल्ती भएको मौखिक रुपमा स्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भवनमा पुगाइएको अपुरणीय क्षतिका सन्दर्भमा यथार्थ छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिए महासंघ कडा आन्दोलनमा उत्रिन बाध्य हुने पनि चेतावनी दिइएको छ।No description available.

अन्य सम्बन्धित समाचार:  डडेल्धुरा अस्पतालमा मृत्यु कोराना संक्रमित महिलाको मृत्यु