सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य मूल्यले बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ। चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको छ।

अन्य सम्बन्धित समाचार:  सुन चोरीपैठारी गरी अर्बाैँ राजस्व छल्नेविरुद्ध मुद्दा