प्रधानमन्त्री ओली आइसोलेसनमा हुनुहुन्नः सूर्य थापा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा नभएको बताए।

उनले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन्।

उक्त समाचारको खण्डन गर्दै उनले मिडियाले भ्रम प्रचार गरेको भन्दै यो प्रचार नियोजित भएको जिकिर गरेका छन्।

 

 

अन्य सम्बन्धित समाचार:  स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा