कैलालीमा ५४ मिनेटमा ३ कोरोना संक्रमितको मृत्यु

कैलाली। कैलालीमा पछिल्लो ५४ मिनेटको अवधिमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत २ पुरुष र होम आइसोलेसनमा बसेकी एक महिलाको भएको जनाइएको छ। उनी १४ गते अस्पताल भर्ना भएका थिए। उनको आइसियुमा उपचार भइरहेको थियो। ११स् ४५ मा घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए

बुधवार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमित को आइसियुमा उपचार भइरहेको थियो। श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो। आज बिहान पनि धनगढी उपमहानगरपालिका (३ कि ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । दोस्रो लहर पछि सेतीमा उपचाररत ११ संक्रमितको मृत्यु भएको छ। हाल सम्म ४३ संक्रमितको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु

विहान ११ बजे कैलालीका गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ। १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।