कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं। कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका—१४ कलङ्कीस्थित सडकमा बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका—१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको जनाइएको छ।

बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन