कैलालीमा निषेधाज्ञाः भारतबाट फर्किएका नेपाली गौरीफन्टामा अलपत्र

कैलाली। भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिएसँगै नेपाल फर्किएका नागरिकहरु कैलालीको सीमा नाका गौरीफन्टामा अलपत्र परेका छन्। रोजगारीका लागि भारतका विभिन्न ठाउमा गएकाहरु कोरोना संक्रमणबाट बच्न स्वदेश त फर्किए। तर कैलालीमा निषेधाज्ञा जारी भएका कारण उनीहरु नाकामै अलपत्र परेका हुन्।

निषेधाज्ञापछि सम्पूर्ण सवारी साधन बन्द भएका कारण नेपालीहरु घर पुग्न पाएका छैनन्। उनीहरु चर्को घर्मीमा नाकामै अलपत्र परेका छन्। भारतबाट फर्किएकाहरुलाई घर र्पुयाउने व्यवस्था नगरिदिएको भन्दै उनीहरु निराश बनेका जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरा अस्पतालमा मृत्यु कोराना संक्रमित महिलाको मृत्यु