अचानक बेहोस भएकाले सम्पर्कमा आउन सकिनः सांसद शाही  

पोखरा। गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका छन्। बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन्।

उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु।’

अन्य सम्बन्धित समाचार:  आज इद पर्व,स्वास्थ्य मापदण्डको ख्याल गरेर मनाउन आग्रह