उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने १५ सय भन्दा बढि सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं। काठमाडौं उपत्यकामा सरकारले गरेको निषेधाज्ञा उलंघन गर्ने १५ सय भन्दा बढि सवारी साधान प्रहरीले नियन्त्रणमा लिएको छ।सरकारले नयाँ भेरिएन्टको कोरोन भाइरस तीव्र गतिमा फैलिएको भन्दै विहिबार देखि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा जारी गरेसंगै उपत्यकका तिनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १५ सय भन्दा बढि सवारी साधन नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका सवारी साधन अब उप्रान्त सरकारले तोकेको मापदन्ड विपरित काम नगर्ने सर्तमा बेलुका ५ बजेपछि सवारी धनिलाई फिर्ता गरिने ट्राफिक प्रहरीका , प्रहरी प्रवक्ता एसपी श्याम कुमार अधिकाले जानकारी दिए।

उनले भने, प्रहरी प्रशासनले उपत्यकाका तिनै जिल्लाका नाकामा निगरानी बढाएको छ,। त्यस्तै अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर निस्कने ब्यक्तिलाई समेत नियन्त्रण लिई थप कारबाही गरिएको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  २८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी— मिठाइ खानू लड्डू चाहिँ नखानू