गण्डकी प्रदेश— दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दै

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन्। सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइँने छ। प्रदेशसभामा आफूविरुद्धको अविश्वासको प्रस्ताव पेस भएको बेला गुरुङले मन्त्री थप्न लागेका हुन्।

माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छन्। जसमा मुख्यन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय हरिशरण बस्नेतले राखेका थिए।

अन्य सम्बन्धित समाचार:  देउवाले बोलाए काँग्रेसको पदाधिकारी बैठक