निषेधाज्ञाको दिन सेयर बजारमा उछाल, २५ अंकको वृद्धि

काठमाडौं। निषेधाज्ञाको दिन आज नेप्से परिसूचक २५.८२ अंकले उकालो लागेको छ। बजार १ प्रतिशतले बढेको हो। यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ। आज होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा वृद्धि छ। ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो। ट्रेडिङ, हाइड्रोपावर र अन्य समूहहरु बढी चम्किएका छन। ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ।

सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो। यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ। दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन।

अन्य सम्बन्धित समाचार:  विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी