निरन्तर ओरालो लाग्दै कुखुराको मासुको मूल्य, किलोको कति?

काठमाडौं। ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ। शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको संघका सचिव देवकुमार गिरीले बताए। जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घट्दा तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ गिरावट आउने पनि सचिव गिरीले बताए। अहिले बजारमा ४१५ रुपैयाँ किलोमा तयारी ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य फेरी बढ्यो, तोलाको कति?