स्पेनिस ला लिगा फुटबलः ग्रानडाको जित

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना पराजित भएको छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ग्रानडासँग २–१ गोल अन्तरले पराजित भएको हो।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, खेलको ६३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई १–१ गोलको बराबरीमा फर्काए।

त्यसपछि खेलको ७९ औं मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानडालाई २–१ को पुनरागमन जित दिलाए । पराजित भएसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

बार्सिलोनाले ३३ खेलमा ७१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपार लिगः उपाधीका लागि काठमाडौँ र धनगढी भिड्ने